अब कुनैपनि उद्योगको बिजुली काटिँदैन : उद्योगमन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ट्रंक र डेडिकेटेड लाइनको बक्यौताको विवादले कुनैपनि उद्योगको बिजुली नकाटिने बताएका छन् ।

शुक्रवार नेपाल सिमेन्ट उत्पादक संघको नवनिर्वाचित कार्यकारी समितिको बैठकमा बोल्दै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् । उनले उद्योगको लाइन काटियो भनेर सरकारको ढोका ढकढक्याउनुपर्ने अवस्थाको अन्त्य हुने बताए । उनले सरकारले समस्या समाधान समयमा गर्न नसक्ने अनि उद्योगीहरूको लाइन काटेर उद्योगधन्दा बन्द गर्नेकुरा राम्रो नहुने बताए ।

उद्योग उत्पादनको बजार नहुनु, बैंकको ब्याजदरको समस्या झेलिरहनु परेको समयमा सरकारले पनि लाइन काटेर झनै समस्या थुपार्नु नहुने बताए । उनले उत्पादनको खपत आन्तरिक रुपमा बढाउन र मात्रै निर्यातमा लाग्न पनि आग्रह गरे । उनले नेपालका उद्योगीहरूलाई सरकारले सेवा प्रवाह गर्ने, सहुलियत प्रदान गर्ने पहिलो कुरा विद्युतबाट हुने बताए । आफूहरू अँध्यारोमा बसेर भएपनि उद्योगधन्दा सञ्चालन गर्ने, उत्पादन र रोजगारी बढाउने कुरा सरकारको पहिलो प्राथमिकता रहेको बताए ।

मन्त्री भण्डारीले भने ‘आज एक जना उद्योगी सरकारको ढोका ढकढक्याउँछ । मलाई यो समस्या प¥यो, मेरो उद्योगमा यो खालको क्षति भयो । मेरो उद्योगको लाइन काटियो, सरकारको ढोका पटक पटक ढकढक्याइरहेको छ । तर हामी ती कुरालाई समयमा सम्बोधन गर्न सकिरहेका छैनौँ । एकातिर बैंकको ब्याजदर, वित्तीय क्षेत्रको ब्याजदरको चटारो छ । उद्योग बन्द छ, समस्या छ । उत्पादनको बजार छैन । बजारको सुनिश्चितता छैन । तर ती थुप्रै खालका जटिलताहरू यताको उता कुदाउने, यता तनाव, उताको तनाव, सबै व्यहोरेर पनि यहाँहरू उभिनुभएको छ । अब सरकारका ढोका धेरै ढकढक्याउनु पर्दैन । तपाईँहरूको अहिले पनि सिमेन्ट उत्पादक संघ सरकारले अस्ति निर्णय गरिसकेको छ । ट्रंक र डेडिकेटेड लाइन अब तपाईँहरूको काटिने छैन । त्यसमा तपाईँहरू ढुक्क हुनुस् । सबै उद्योगीहरूलाई भन्न चाहन्छु, अब पहिलो हाम्रो उत्पादनको खपत आन्तरिक रुपमा हुन्छ । त्यसपछि हामीले निर्यात गर्नेछौँ । त्यसैले सरकारले सेवा प्रवाह गर्ने, सहुलियत प्रदान गर्ने पहिलो कुरा नेपालका उद्योगीहरूलाई हामी विद्युतबाट राज्यले पु¥याउने छ । त्यसपछि बरु हामी अँध्यारोमा बसौँला । पहिलो प्राथमिकता उद्योग, उत्पादन र रोजगारी हो । त्यसकारण सरकार यो कुरामा अत्यन्त गम्भीरताका साथ लागिरहेको छ ।’

मन्त्री भण्डारीले उद्योगी व्यवसायीहरूका समस्या समयमै सम्बोधन गर्नेतर्फ सरकार अग्रसर रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *