औषधिको मूल्य समायोजन गर्न जरुरी : स्वास्थ्यमन्त्री पौडेल

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औषधिको मूल्य समायोजन गर्न जरुरी रहेको बताएका छन् ।

ललितपुरमा शुक्रवार नेपाल औषधि व्यवसायी संघको १९ औं वार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले औषधिको मूल्य समायोजन नहुँदा गलत गर्नेलाई फाइदा र सही गर्नेलाई अप्ठ्यारो भइरहेको बताए । उनले औषधिको मूल्य समायोजन नहुँदा धेरै मानिसहरु ठगिएको बताए ।

उनले मूल्य समायोजन नहुँदा ठगी र महँगीका धेरै प्रश्न उठिरहेको बताए । उनले उपभोक्तालाई मारमा पार्ने भन्दा राज्यले निगरानी बढाउनुपर्ने आवश्यकता रहेको बताए । उनले स्वास्थ्य सेवा राज्यको दायित्व हो भन्नकुरा स्थापित गर्न राज्यले चाहेको भए औषधिमा र स्वास्थ्य संस्थाहरूमा उपकरण र जनशक्तिमा लगानी बढाउन आवश्यक रहेको बताए । उनले राज्यले स्वास्थ्य सेवा निःशुल्क, सर्वसुलभ र सबै नागरिकको पहुँचको विषय बनाउन स्वास्थ्य क्षेत्रको लगानी बजेटको ९/१० प्रतिशत बनाउन जरुरी रहेको बताए ।

उनले भने ‘औषधिको मूल्य समायोजन गर्न जरुरी छ । त्यो समायोजन नभएको कारणले, पारदर्शी नभएकाले गलत गर्नेलाई फाइदा र सही गर्नेलाई अप्ठ्यारो भइरहेको छ । धेरै मानिसहरु ठगिएको, धेरै नै महँगो भएको कुरा आएको छ । कतिपय औषधिले उत्पादनमूल्य अनुसार बिक्री मूल्य प्राप्त नगरेको स्थिति पनि छ । त्यसमा राज्यले कम्पेन्सेट गर्न जरुरी छ । उपभोक्तालाई मारमा पार्ने भन्दा राज्यले कम्पेन्सेट गर्नेकुरा बढी उपयुक्त हो । राज्यले स्वास्थ्य सेवा राज्यको दायित्व हो भन्नकुरा स्थापित गर्न खोजेको हो भने औषधिमा र स्वास्थ्य संस्थाहरूमा उपकरण र जनशक्तिको सन्दर्भमा लगानी गर्न जरुरी छ । राज्यले स्वास्थ्य सेवा निःशुल्क, सर्वसुलभ र सबै नागरिकको पहुँचको विषय बनाउन स्वास्थ्यकै लगानी ४ दशमलव केही बनाएर पुग्दैन । ९/१० प्रतिशत बनाएर लैजान सक्नुपर्छ ।’

मन्त्री पौडेलले बीमाको श्रोत सुनिश्चित गर्नुपर्ने बताए । उनले राज्यले चिनीजन्य, मदिराजन्य पदार्थमा लिएको करको अधिकतम हिस्सा बीमामा ल्याएर जोड्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *