बलात्कार आरोपमा प्रहरी हवल्दार जेल चलान

प्रहरी कार्यालयमै बलात्कार गरेको आरोपमा प्रहरीका हवल्दार जेल चलान भएका छन् । भक्तपुरको कमलविनायक बिटमा कार्यरत हवल्दार नवराज श्रेष्ठ जेल चलान भएका हुन् ।

उनले गत २९ असारमा एक नाबालिगलाई प्रहरी बिटभित्रै बलात्कार गरेको अभियोग छ । गत २५ साउनमा भक्तपुर जिल्ला अदालतले श्रेष्ठलाई जेल चलानको आदेश दिएको छ ।

प्रहरीका अनुसार ती नाबालिग र एक युवक रातको समयमा कलमपोखरी छेउमा गफ गरिरहेका थिए । त्यही क्रममा हवल्दार श्रेष्ठ समेतले उनीहरुलाई पक्राउ गरे ।

केटालाई छाडेकोमा केटीलाई त्यही राखेर उनले राती बलात्कार गरेको उजुरी परेको थियो । सोही आधारमा भोलिपल्टै प्रहरीले उनलाई पक्राउ गरी मुद्दा दायर गरेको हो ।

पीडितका अनुसार बलात्कारपछि बिहान ३ बजे ती किशोरीलाई उनले सय रुपैयाँ दिएर घर पठाएका थिए । बिटमा रहेको बेडको तन्ना समेत उनले प्रमाण नष्ट गर्ने उद्देश्यले भोलिपल्ट बिहानै धोएको समेत अभियोगपत्रमा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *