प्रधानमन्त्री ओलीसँग जर्मनीका राजदूत प्रिन्जको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीच ६६ वर्षदेखि हुँदै आएको कूटनैतिक र आर्थिक सम्बन्ध तथा आपसी हितबारे छलफल भएको छ ।

जर्मनी नेपालको एक ठुलो र पुरानो विकास र व्यापारको साझेदार मुलुक हो । प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग गर्दै आएकामा जर्मनीप्रति आभार व्यक्त गरेका छन् ।

भेटका अवसरमा प्रधानमन्त्रीको निजी सचिवालय र परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *