गृहमन्त्री लेखकसँग बेलायती राजदूतको भेटवार्ता

गृहमन्त्री रमेश लेखकसँग संयुक्त अधिराज्य बेलायतका राजदूत राेब फेनले आज शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त भेटवातार्मा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा मन्त्री लेखकले नेपाल र बेलायतबीचको लामो सम्बन्धको प्रशंसा गर्दै नेपालमा लगानीका लागि सकारात्मक वातावरण बन्दै गएकाले बेलायती लगानी भित्र्याउन राजदूत फेनसँग आग्रह गरे ।

सो अवसरमा राजदूत फेनले लामो समयदेखि प्रगाढ सम्बन्ध रहेको विकासोन्मुख देश नेपाललाई सहयोग गर्ने बेलायत सरकार तयार रहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *