तोलामा ९०० रूपैयाँ घट्यो सुनको भाउ

स्थानीय बजारमा सुनको मूल्य आज तोलामा नौ सय रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४९ हजार छ सय रूपैयाँ निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार सात सय ४० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि एक हजार सात सय ६० रूपैयाँ निर्धारण भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *