अमेरिकी उपविदेशमन्त्री वर्मा नेपालमा

अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्मा नेपाल भ्रमणमा आएका छन् ।

शुक्रबार बिहान काठमाडौं आइपुगेका व्यवस्थापन तथा स्रोतसम्बन्धी अमेरिकी उपविदेशमन्त्री वर्मालाई नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले स्वागत गरेका छन् ।

भ्रमणका क्रममा उपविदेशमन्त्री वर्माले नेपाल सरकारका नेतृत्वकर्ताहरू, यूएसएआईडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू र नेपाली व्यवसायीहरूसँग भेट गर्ने काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

त्यस्तै  उनले आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा अ‍ोली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत उच्च अधिकारीलाई भेट्ने अमेरिकी दूतावास स्रोतले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन सरकारका शक्तिशाली मन्त्रीमध्येका एक हुन् वर्मा । एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि यो अमेरिकाबाट हुन लागेको सबैभन्दा उच्चस्तरीय भ्रमण हो । उपविदेशमन्त्री वर्मालाई नेपालको जानकारसमेत मानिन्छ ।

नेपालको एकदिने भ्रमण सकाएर उनी शनिबार भारत जाने छन् । उनी भारतमा अगस्त २२ गतेसम्म रहने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *