१५ हजार रुपैयाँ घूससहित भैरहवा बसपार्कका प्रहरी हवल्दार पक्राउ

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १५ हजार रुपैयाँ घूससहित भैरहवा बसपार्कका प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी भुजुवा, नवलपरासी दरबन्दी भई अस्थायी प्रहरी बिट भैरहवा बसपार्कमा कार्यरत प्रहरी हवल्दार डुक बहादुर खड्कालाई घुस रकम सहित रुपन्देहीको रोहिणी गाउँपालिका ३ स्थित सिमरहा चौक नजिकैबाट आयोगले नियन्त्रणमा लिएको हो ।

भारतबाट रुपन्देही जिल्लाको भगवानपुर नाका हुँदै भन्सार छली गरी अवैधरुपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा पक्राउ गरेको जनाइएको छ ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *