महालेखापरीक्षकको ६१ औं वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस

राष्ट्रियसभामा महालेखापरीक्षकको एकसट्ठिऔं वार्षिक प्रतिवेदन, २०८१ पेस भएको छ । बिहीवारको राष्ट्रियसभा बैठकमा सरकारले प्रतिवेदन पेस गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महालेखापरीक्षकको प्रतिवेदन सभासमक्ष पेस गरेका हुन् ।

सभाको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमनसम्बन्धी प्रतिवेदन, २०८१ पेस गरे ।

बैठकमा राष्ट्रियसभा सचिव डा. सुरेन्द्र अर्यालले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराई टेबुल गरे ।

राष्ट्रियसभाको अर्को बैठक भदौ २ गते आइतबार सवा १ बजे बस्ने गरी स्थगित भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *