गट्ठाघरमा ट्रकले ठक्कर दिएर रोकिराखेको स्कुटरकी चालकको मृत्युपछि तनाव

ट्राफिक चेकजाँचका लागि रोकिएको थियो स्कुटर

भक्तपुरको गट्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

ट्राफिक प्रहरीले चेकजाँचका लागि रोकिराखेको स्कुटरलाई ट्रकले ठक्कर दिँदा स्कुटर चालक महिलाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनापछि सर्वसाधारणले सडक अवरोध गरेका छन् ।

बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो । त्यहीबीच ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको हो ।

ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासि ब्रेक लगाउँदा दुर्घटना निम्तिएको भन्दै त्यहाँ ठूलो संख्यामा जम्मा भएर सर्वसाधारणले विरोध गरिरहेका छन् । उनीहरूले ठक्कर दिने ट्रकको सिसा तोडफोड गरेका छन् ।

भीडकै कारण ट्रकले घिसारेर किचिरहेको शव निकाल्न लगिएको क्रेन पनि फर्काइएको छ । सडक रगताम्य छ भने भक्तपुर-काठमाडौं सडक ठप्प छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *