पोखराका दोहोरी साँझबाट सात जना बालिकाको उद्धार

पोखराका तीन दोहोरी साँझबाट सात जना बालिकाको उद्धार गरिएको छ ।

जिल्ला प्रशासन, जिल्ला प्रहरी, पोखरा महानगरपालिका, श्रम कार्यालय कास्की र शक्ति समूह नेपालबाट खटिएको संयुक्त टोलीले मंगलबार राति नौ बजेतिर रात्रीकालीन व्यवसायमा संलग्न सात जना बालिकाको उद्धार गरिएको कास्की जिल्ला प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले जानकारी दिए ।

उनका अनुसार पोखरा–९ स्थित क्लब डीबाट तीन जना, पोखरा–८ चिप्लेढुंगास्थित गाउँ सहर दोहोरी साँझबाट २ र साइनो दोहोरी साँझबाट २ जनाको उद्धार गरिएको हो ।

बालिकालाई व्यवसायीहरुले रात्रिकालीन व्यवसायमा संलग्न गरेको सूचनाको आधारमा टोली अनुगमनको लागि गएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *