निर्माणाधीन योजना समयमै सम्पन्न गर्न व्यवसायीलाई निर्देशन

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मन्त्रालय मातहत निर्माणाधीन अवस्थामा रहेका संरचनाको समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।

निर्माण व्यवसायीसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री भण्डारीले निर्धारित समयमा काम सम्पन्न गर्न निर्देशन दिँदै अब कुनै पनि बाहना नबनाउन सुझाव दिए । उनले भने, ‘अहिले मन्त्रालयअन्तर्गत १० जिल्लाका १४ योजना सञ्चालनमा छन् । तीमध्ये पाँच वटा योजनाको म्याद सकिएकाले ती योजनाका लागि मन्त्रालयबाट अन्तिम पटक म्याद थप गर्न समन्वय गर्छौँ, यद्यपि तोकिएको समयमै काम सम्पन्न गर्नुपर्दछ ।’

निर्माण कम्पनीले बलियो तरिकाले कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै उनले प्रदेशभित्रको मात्र नभई अन्तर्राष्ट्रियस्तरमै प्रतिस्पर्धी हुने गरी काम गर्न व्यवसायीहरूलाई सुझाए । निर्माण व्यवसायीका कारण विकास निर्माण ढिलाहुँदा सरकारलाई दोष नदिन आग्रह गर्दै उहाँले सरकारका तर्फबाट ढिलाइ हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

निर्माण व्यवसायी महासंघ कर्णाली प्रदेशका महासचिव मानव बमले विकास निर्माणका कार्यमा निर्माण व्यवसायीको योगदान भरपुर रहेको जिकिर गरे । निर्माण कार्यमा ढिलाइ हुनु कार्यालय र व्यवसायी दुवैको कमजोरी रहेको उनले बताए । निर्माण व्यवसायीहरूलाई राज्यका निकायअनुरूपको व्यवहार गरिनुपर्ने महासचिव बमको भनाइ थियो ।

कर्णाली प्रदेश अस्पताल निर्माण कार्य सम्पन्न आगामी २०८२ मङ्सिर २९ गतेभित्र गर्ने जिम्मा लिएको गौरा श्यामसुन्दर जेभीले हाल ५० प्रतिशत र सल्यान अस्पतालको भवन निर्माणको जिम्मा लिएको आरोग्य सुवेदी जेभीले ६५ प्रतिशत काम सकिएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *