दिल्लीका मुख्यमन्त्री केजरीवाललाई सर्वोच्च अदालतले दिएन अन्तरिम जमानत

मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई अन्तरिम जमानत दिन भारतको सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

केजरीवालकी श्रीमती सुनिता केजरीवालले दिल्ली उच्च अदालतको आदेशलाई चुनौती दिँदै गत सोमबार सर्वोच्चमा अन्तरिम जमानतको मागसहित दायर गरेकाे मुद्दामा सर्वोच्चले जमानत दिन अस्वीकार गरेको हो ।

सो मुद्दामा बुधबार सर्वोच्चका न्यायाधीश सूर्य कान्त र उज्जल भुयानको इजलासले अन्तरिम जमानत दिन अस्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मुख्यमन्त्री केजरीवालका वकिलले स्वास्थ्यको कारण देखाउँदै अन्तरिम जमानतको माग गरेका थिए । तर, सर्वोच्चले अन्तरिम जमानत दिन नसक्ने बताएको हो ।

यो मुद्दाको विषयलाई लिएर सर्वोच्चले सीबीआईलाई नोटिस जारी गर्दै जवाफसमेत मागेको छ । सीबीआईलाई अगस्त २३ सम्ममा जवाफ पेस गर्न भनिएको छ । त्यही दिन अर्को सुनुवाइको मितिसमेत तोकिएको छ ।

मदिरा नीति घोटाला प्रकरणमा गत मार्च २१ मा मुख्यमन्त्री केजरीवाललाई प्रवर्तन निर्देशनालय (ईडी) ले पक्राउ गरेको थियो । जसमा उनलाई सर्वोच्चले अन्तरिम जमानत दिएको थियो । तर, जुन २६ मा केजरीवाललाई सीबीआईले सोही मुद्दामा पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *