सर्वाेच्चद्वारा टीआरसी विधेयकविरूद्धको रिट दर्ता गर्न अस्वीकार

सर्वोच्च अदालतले संक्रमणकालीन न्यायका लागि सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टीआरसी) लाई संशोधन गर्न बनेको विधेयकका विरूद्धमा परेको रिट दर्ता गर्न अस्वीकार गरेको छ ।

सर्वोच्च अदालत प्रशासनले बुधबार उक्त रिट निवेदन दरपीठ गरेको हो ।

टीआरसी ऐनलाई संशोधन गर्न बनेको विधेयकमा मानव अधिकार उल्लंघन र मानव अधिकार उल्लंघनका घटनालाई छुट्याएको र ७५ प्रतिशतसम्म सजाय मिनाहा गर्न सकिने जस्ता व्यवस्था पीडकमैत्री भएको भन्दै निवेदनमा विरोध गरिएको थियो ।

रिटमा १८ वर्षसम्म द्वन्द्वकालीन घटनामा न्याय हुन नसक्दा आज संसदमा पेस भएको संशोधन विधेयकले पीडितलाई न्यायको अनुभूति नगराउने भन्दै विधेयक रोक्न माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *