असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

बैठकले राष्ट्रिय भेलाअघि सातै प्रदेशमा भेला गर्ने पनि निर्णय गरेको छ ।

राष्ट्रिय भेलामा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र ‘क्लोज क्याम्प दौरान छलफल भएका ६ वटा विषय (विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्यमान्यता र उम्मेदवार क्लब/लिडरसिप एकेडेमी) मा छलफल हुनेछ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *