माओवादी स्थायी कमिटी बैठक आज पनि बस्दै
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ ।
शुक्रबारदेखि जारी बैठकमा पछिल्ला राजनीतिक समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसङ्गठन बिस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा नेताहरुले आआफ्नो धारणा राख्ने क्रम जारी छ ।
आइतबार बोल्ने अधिकांश नेताले अध्यक्ष दाहालको आलोचना गर्दै पार्टी सञ्चालनको सही विधि प्रणाली बनाउन जोड दिएका छन् ।
पार्टी उपमहासचिव जनार्दन शर्माले पछिल्ला राजनीतिक घटनाक्रममा अध्यक्ष दाहाल जिम्मेवार रहेको इंगित गर्दै पार्टी नेतृत्व हस्तान्तरणका लागि लिखित रूपमै तीन विकल्प दिएका छन् ।
अर्का उपमहासचिव वर्षमान पुनले अध्यक्ष दाहालले साढे तीन दशकभन्दा बढी पार्टीको नेतृत्व गरिसकेकाले अगाामी दिनमा नेतृत्वको कार्यकाल पनि तोक्नुपर्ने धारणा राखेका थिए ।
स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटी बैठक राखेर जनतामा जाने माओवादीको योजना छ ।
- भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछ : परराष्ट्रमन्त्री डा.राणा
- रविले प्रधानमन्त्रीलाई भने- न्यूयोर्कबाट आँखा नसन्काउनुस्, फर्किनुस्, बसेर कुरा गरौ
- चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिक रुपमा फर्किँदै
- नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
प्रतिक्रिया