आदिवासी जनजाति आन्दोलन छिन्नभिन्न भए : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको आदिवासी जनजाति आन्दोलन छिन्नभिन्न अवस्थामा पुगेको बताएका छन् ।

आइतबार आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २५ औं स्थापना दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा मन्त्री गुरुङले अहिले नेपालको आदिवासी जनजाति आन्दोलन मुर्झाएको अवस्थामा पुगेको बताए ।

उनले आदिवासी जनजाति आन्दोलनको जोस, जाँगर हराएको देखिएको बताए । आन्दोलनलाई बचाउनको लागि जनजाति संगठनहरुको महत्वपूर्ण भुमिका हुने भन्दै उनले आदिवासी जनजातिहरुका विभिन्न महासंघहरुका संस्थाहरु धेरै भएपनि महासंघ जस्तो नभएको टिप्पणी गरे ।

उनले भने, ‘अहिले नेपालको आदिवासी जनजाति आन्दोलन मुर्झाएको अवस्थामा छ । छिन्न भिन्न जस्तो, मुर्झाएको जस्तो, कुनै जोस, जाँगर नभएको जस्तो अवस्थामा देखिन्छ । यसलाई बचाउनको लागि जनजाति महासंघहरुको महत्वपूर्ण भुमिका हुन्छ । महासंघहरुका संस्थाहरु धेरै भए तर महासंघ जस्तो भएको छैन । महासंघ धेरै शक्तिशाली हुनुपर्छ । त्यसरी विकास हुन सकेको छैन । यसको विकास र सुदृढ हुन जरुरी छ । आदिवासी जनजातिहरु भनेको मुलधारबाट अलग–अलग भएका समुदायहरु हुन् । उनीहरु सत्ता र सत्ता राजनीति धेरै बुझ्दैनन् । उनीहरुभित्र धेरै ठूलो संक्रिणता छ । आन्दोलनमा हुनेहरुमा संक्रिण र सत्तामा हुनेहरुमा अहंकार धेरै हुन्छ । जनजातिहरुको राजनीति अहंकारको अन्त्य र मुक्ति प्राप्तिको लागि हो । जनजातिहरुको पहिचानको मुद्दा मुक्ति प्राप्तिको लागि हो । शोसन,दमन,उत्पीडनबाट मुक्ति कसरी प्राप्त गर्ने भन्ने आन्दोलन हो ।’

उनले आदिवासी जनजाति आन्दोलन कमजोर बनाउनको लागि जातपिच्छेका आयोगहरु बनेको आरोप समेत लगाए । थारुहरुलाई आदिवासी जनजातिबाट टुक्राउनको लागि थारु आयोग बनाए पनि आदिवासीका नेताहरुले अहिलेसम्म नबुझेको उनलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर