कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय  विदेश सचिव विक्रम मिस्रीले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

उनीहरूबिच आइतबार साँझ देउवा निवास बुढानीलकण्ठमा भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप मजबुत बनाउने विषयमा छलफल भएको देउवाको सचिवालयले जानकारी दिएको छ ।

सोमबार बिहान परराष्ट्र मन्त्री आरजु राणा देउवालाई भेटेर विदेश सचिव मिस्री साँझ भारत फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *