शेयर बजारमा कीर्तिमानी कारोबार, ३० महिनापछि २८०० बिन्दुमाथि नेप्से

शेयर बजारमा उत्साह देखिएकाे छ । ३० महिनापछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले २८०० बिन्दु पार गरेको छ ।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६० को बिन्दुमा कायम भएको छ ।

यसअघि अन्तिम पटक २०७८ माघ २७ गते परिसूचक २८०१.५६ को बिन्दुमा अडिएको थियो ।

आज कारोबार रकमले पनि नयाँ रेकर्ड बनाएको छ । आज बजारमा ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयरको खरिदबिक्री हुँदा २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार रूपैयाँको कारोबार भएको छ, यो नेप्से इतिहासकै उच्च कारोबार हो ।

गत साउन २२ गते मात्रै शेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको थियो । साउन २२ गते मात्रै २३ अर्ब ७१ करोड ६६ लाख रूपैयाँको कारोबार भएको थियो, जुन आज तोडिएको छ ।

आइतबार ११ कम्पनीको शेयर सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ ।

नेशनल हाइड्रोपावर कम्पनी, नेरूडे–मिर्मिरे लघुवित्त वित्तीय संस्था, हाइड्रोइलेक्ट्रिक इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रोपावर, आखुँखोला जलविद्युत कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, शुभम पावर लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र मिडसोलु हाइड्रोपार लिमिटेडका लगानीकर्ताहरूले सर्वाधिक नाफा कमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर