पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा
२७ साउन २०८१ ८:३४
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । सुर्खेत–जुम्ला सडकअन्तर्गत कालिकोटको पिली, कल्यानखोला र बिर्तामोडमा खसेको पहिरो हटाएसँगै अवरुद्ध सडक आज बिहानदेखि खुलेको हो ।
जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीका अनुसार पहिरो हटाएपछि राजमार्ग पूर्ण रूपमा सञ्चालन भएको छ । उक्त स्थानमा सानाठूला पहिरो खस्दा राजमार्ग अवरुद्ध हुने गरेको छ ।
पर्याप्त बजेट नहुँदा समय समयमा राजमार्गको स्तरोन्नति गर्न कठिनाइ भएको बताउँदै उनले उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरी सडक मर्मतसम्भार गर्दै आएको बताए। स्थानीयवासीले अविलम्ब सडकको स्तरोन्नति गर्न माग गरेका छन् ।
- भारतीय प्रधानमन्त्री मोदीले चाँडै नेपालको भ्रमण गर्नुहुनेछ : परराष्ट्रमन्त्री डा.राणा
- रविले प्रधानमन्त्रीलाई भने- न्यूयोर्कबाट आँखा नसन्काउनुस्, फर्किनुस्, बसेर कुरा गरौ
- चीन भ्रमणमा गएका रास्वपाका नेताहरू आकस्मिक रुपमा फर्किँदै
- नेपाल-भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
प्रतिक्रिया