कर्णालीमा सबैभन्दा बढी उत्पादन हुने अनाज मकै

कर्णालीमा गत आर्थिक वर्ष २०८०-८१ मा साढे पाँच लाख मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार पाँच लाख ५२ हजार नौ सय ३० मेट्रिक टन खाद्यान्न उत्पादन भएको हो ।

जसअन्तर्गत कर्णालीमा सबैभन्दा धेरै मकै उत्पादन हुने गरेको छ । गत आवमा दुई लाख १९ हजार आठ सय दुई मेट्रिक टन मकै उत्पादन भएको छ । त्यसपछि गहुँ उत्पादन एक लाख ५२ हजार छ सय २१ मेट्रिक टन भएको छ भने धान एक लाख ४५ हजार ६३ मेट्रिक टन उत्पादन भएको छ ।

उत्पादनका हिसाबले कर्णालीमा धान उत्पादन तेस्रो नम्बर परेको छ । जौ ११ हजार पाँच सय ५६ कोदो १६ हजार तीन सय १० फापर तीन हजार ८८ मेट्रिक टन उत्पादन भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

यस्तै, उवा एक हजार आठ सय १९ मेट्रिक टन उत्पादन हुँदा चिनो एक हजार छ सय ८१ मेट्रिक टन, कागुनो नौ सय ३६ र लट्टे ४५ मेट्रिक टन उत्पादन भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर