समुदायमा आधारित बनाउन सके मात्रै वनको संरक्षण हुन्छ : रक्षामन्त्री राई

रक्षामन्त्री मानवीर राईले समुदायमा आधारित बनाए मात्रै वनहरूको संरक्षण हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सामुदायिक वनमा आधारित भएर वनजंगलको संरक्षण हुने जिकिर गरे ।

उनले सामुदायिक वनहरूको सुरक्षा गर्ने नीति अवलम्बन गर्न जरूरी रहेको बताए । समुदायजस्तै वनजंगलको पनि संरक्षण र संवर्द्धनमा जोड दिनुपर्ने उनको भनाइ छ ।

उनले घाँस, दाउरा र काठको उपयोगका लागि मात्रै नभई जनजीवनमा पर्ने प्रभावलाई हेरेर वनजंगलको संरक्षण गर्नुपर्ने बताए ।

‘वनहरू समुदायमा आधारित बनाउँदा मात्रै वनहरूको संरक्षण हुन्छ । सामुदायिक वनमा आधारित भएर मात्रै अहिलेसम्म हामीले गरेका क्रियाकलापहरूमा मेरो केही टिप्पणी छन्, सुझावहरू छन्,’ मन्त्री राईले भने, ‘हाम्रा सामुदायिक वनहरूको सुरक्षा गर्ने नीति अब अवलम्बन गर्न जरूरी छ । हामीले यसो नगरे धेरै नै नोक्सान हुनेछ । पशुजन्य जीवजन्तुहरू मानिसको खेतीबालीमा आउनेछन् । अब हाम्रो समुदाय जस्तो छ, हाम्रो प्रकृति पनि त्यस्तै छ । तर जस्ताको त्यस्तै राख्नुपर्छ ।’

उनले वनजंगलको संरक्षणले पर्यटन विकासमा पनि सहायोग पुग्ने बताए । मन्त्री राईले वनजंगलमा रहेका अहिलेका बोटबिरूवा संरक्षण गर्न सके पनि पर्याप्त हुने बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर