मन्त्रिपरिषदमा वरीयता हेरफेर, पाण्डे बढुवा हुँदा पौडेल घटुवा

नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा वरीयता हेरफेर भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार मन्त्रिपरिषदमा वरीयता हेरफेर गरेका हुन् ।

वरीयता हेरफेरअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे बढुवा भएका छन् भने स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल घटुवा भएका छन् । १६ औं स्थानमा रहेका मन्त्री पाण्डे १४ नम्बरमा बढुवा हुँदा पाण्डेको ठाउँमा पौडेल पुगेका छन् । मन्त्री पाण्डे कांग्रेसका सहमहामन्त्री पनि हुन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा (७६)को उपधारा (९) बमोजिम गत असार ३१ गते गठित मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *