मधेसमा जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै जसपा नेपालको बिरोध प्रदर्शन

मधेस प्रदेशमा जम्बो मन्त्रीपरिषद् गठन गरिएको बिरोधमा जनता समाजवादी पार्टी, नेपालका समाजवादी युवा संघका नेता÷कार्यकर्ताहरुले बिरोध प्रदर्शन गरेको छ ।

मुलुकमाथी आर्थिक संकट रहेको समयमा राज्यकोषको दोहन गर्ने हिसावले मधेसमा कुर्सी बचाउनकै लागि जम्बो मन्त्रीपरिषद् गठन गरिएको भन्दै समाजवादी युवा संघले बिरोध प्रदर्शन गरेको हो । समाजवादी युवा संघका मधेस उपाध्यक्ष कमलेश यादवको अगुवाई जनकपुरधामस्थित रामानन्द चोकमा गरिएको बिरोध प्रदर्शनमा कुर्सी आतंक बन्द गर, राज्यकोष दोहन गर्न बन्द गर लगायतका नारा समेत लगाएका थिए ।

समाजवादी युवा संघ मधेस प्रदेशका उपाध्यक्ष यादवले संघियतामाथी नै प्रहार हुनेगरी कुर्सी टिकाउनकै लागि जम्बो मन्त्रीपरिषद् बनाउनु मधेसवासीलाई सह्य नहुने बताए । उनले जनमत पार्टीलाई चुनावअघि ठूलाठूला भाषणलाई विश्वास गरेर मधेसका जनताले अवसर दिएपनि अहिले आएर एमाले काँग्रेसको कठपुतली भएर काम गरिरहेको आरोप लगाए । उनले कानूनी रुपमा कुल प्रदेश सभा सदस्य संख्याको २५ प्रतिशतको संख्यामा मन्त्री बनाउन सक्ने प्रावधान रहेपनि कमजोर आर्थिक स्थिति रहेको मधेस प्रदेशमा जम्बो मन्त्री परिषद् गठन गर्नु गलत रहेको बताए ।

यता समाजवादी युवा संघ धनुषाका अध्यक्ष दीपेन्द्र कापरले मन्त्रीपरिषद्लाई सानो आकारको बनाउन आग्रह गरे । आफूहरुको आग्रह स्वीकार नगरिए शान्तिपूर्ण प्रदर्शनलाई चरणवद्ध रुपमा जारी राख्ने चेतावनी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर