काठमाडौंबाट बैतडी उडेको अन्नपूर्ण एयरको हेलिकोप्टर बाँकेमा आकस्मिक अवतरण

काठमाडौंबाट बैतडीका लागि उडेको अन्नपूर्ण एयरको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको छ । नाइन एन-एनयू हेलिकोप्टर बाँकेको राप्तीसोनारी गाउँपालिका-१, भम्कामा आकस्मिक अवतरण गरिएको हो ।

नेपालगञ्जमा तेल भरेर बैतडी जान काठमाडौंबाट उडेको सो हेलिकोप्टर नेपालगञ्ज नपुग्दै मौसम खराब भएका कारण अपराह्न ४ बजेर ४० मिनेटमा राप्ती सोनारी भम्कामा खेतमा आकस्मिक अवतरण गरेको सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गण हेडक्वार्टरका एसपी विमल डाँगीले जानकारी दिए ।

उनले हेलिकोप्टरमा सवार भारतीय नागरिक र पाइलटसहित हेलिकोप्टर पनि सुरक्षित रहेको जनाउँदै त्यहाँबाट हेलिकोप्टरलाई राप्ती सोनारीकै कुसुमस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा राखिएको बताए ।

मौसम सफा भएपछि हेलिकोप्टरलाई गन्तव्यतर्फ पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *