माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न दिन्नँ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका नेताहरूलाई एक ठाउँमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबार नेकपा (माओवादी केन्द्र) हुम्लाको कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उनले बताएका हुन् । उनले पार्टीका कार्यकर्ताहरूलाई पार्टी फुट्छ कि भन्ने चिन्ता नलिन आग्रह गरे । उनले अब फुटेर गएका नेताहरू पनि एक ठाउँमा आउने गृहकार्य भइरहेको जिकिर गरे ।

उनले माओवादीबाट विगतमा छुट्टिएकाहरू एकता गर्नुको विकल्प नरहेको भन्दै पार्टी एकताका लागि आइरहेको बताए । उनले फुटेका नेताहरू एकजुट गरी पुनः एक पटक पार्टीको नेतृत्व गर्ने आँट आफूले गरेको बताए ।

उनले माओवादी केन्द्रलाई कुनै हालतमा फुट्न नदिने भन्दै फुटहरूलाई कार्यक्रममार्फत अन्त्य गर्ने बताए । उनले सशक्त कार्यक्रममार्फत गुटबन्दीको अन्त्य गर्ने पनि बताए ।

अध्यक्ष दाहालले नयाँ कार्ययोजना र कार्यक्रमसहित देशव्यापी अभियानमा जाने संकल्प आजको आवश्यकता भएको बताए । उनले आफूले एक ढंगको विद्रोहको झण्डा उठाइसकेको दाबी गरे । उनले समाजवादको निम्ति प्रतिक्रान्तिका विरूद्ध क्रान्तिको झण्डा उठाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *