प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका आवासीय प्रतिनिधिबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर हम्दीले आज सिंहदरबारमा शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय प्रतिबद्धता र घोषणाप्रति प्रतिबद्धता जनाउँदै नेपालको राष्ट्रिय आकाङ्क्षाका रुपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई सार्थक बनाउन राष्ट्रसङ्घको सहयोगको अपेक्षा व्यक्त गरे ।

 नेपालको समृद्धि, सुशासन, विकास र स्थिरताका लागि मुलुकका दुई ठूला दलको सहकार्यमा नयाँ सरकार गठन भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा टुङ्ग्याउने तयारी भएको र यस्ता सवालमा राष्ट्रसङ्घको सदैव सहयोगको अपेक्षा व्यक्त गरे ।

आवासीय प्रतिनिधि सिङ्गरले नेपालका विकास र समृद्धिका क्षेत्रमा राष्ट्रसङ्घको निरन्तर साथ रहने विश्वास दिलाए । राष्ट्रसङ्घले नेपालको गरिबी निवारण, ऊर्जा, स्वास्थ्य, विपद् जोखिम न्यूनीकरण र अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ । 

नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि राष्ट्रसङ्घीय नीति बमोजिम शान्ति सेनामार्फत योगदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *