बागलुङ पहिरो : प्रतिकूल मौसमका कारण घाइतेलाई अस्पातल पुर्‍याउन कठिन

बागलुङको बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा गएको दुई पहिरोमा घाइते भएकाहरूलाई अस्पताल पुर्‍याउन कठिन भएको छ ।

निरन्तरको वर्षा, ठाउँठाउँमा खसेको पहिरो र भौगोलिक विकटताका कारण उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्रसम्म पनि पुर्‍याउन नसकिएको हो । बडिगाड गाउँपालिकाको समन्वयमा नेपाली सेनाका स्वास्थ्यकर्मीले घटनास्थलमा प्राथमिक उपचार गरेका छन् ।

घाइतेलाई बुर्तिबाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले जानकारी दिए । उद्धारका लागि आएको नेपाली सेनाको हेलिकोप्टर पनि प्रतिकूल मौसमका कारण उपयोग गर्न नसकिएको बरालको भनाइ छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । पहिरोमा परी आठ जनाको ज्यान गएको छ भने चार जना अझै बेपत्ता छन् । उनीहरूको खोजी जारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर