बेलायतमा रहेका नेपाली र पर्यटकका लागि नेपाली दूतावासको नोटिस

बेलायतमा रहेका नेपालीलाई प्रदर्शन तथा हुलदंगामा नजान लण्डनस्थित नेपाली राजदुतावासले अनुरोध गरेको छ ।

दुतावासले एक बिज्ञप्ति जारी गर्दै केही दिनदेखि बेलायतका विभिन्न शहरमा प्रदर्शन र हुलदंगा चलिरहेको हुँदा सोही स्थानमा भ्रमण नगर्न तथा प्रदर्शनमा सहभागी नहुन अनुरोध गरेको हो ।

नेपाली नागरिकहरुलाई आवश्यक सुरक्षा सतर्कता अपनाउन एवं स्थानीय सञ्चारमाध्यम तथा सुरक्षा निकायले जारी गरेको सूचनाहरु ध्यानपूर्वक पालना गर्न समेत आग्रह गरिएको छ ।

आपतकालीन अवस्थामा राजदूतावासलाई सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर