श्रीलंकालाई हराउँदै भारत काभा महिला भलिबलको फाइनलमा

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलमा भारतले श्रीलङ्कालाई हराउँदै प्रतियोगिताको फाइनलमा पुगेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज भएको पहिलो सेमिफाइनल खेलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गर्दै भारत फाइनलमा पुगेको हो । भारतले खेलको पहिलो सेट २५–१५ ले जित्यो भने खेलको दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍याे ।

त्यस्तै, खेलको तेस्रो तथा अन्तिम सेट भारतले श्रीलङ्कामाथि २५–२३ को जित निकाल्यो । खेलको तेस्रो सेटमा भने श्रीलङ्को प्रदर्शन उत्कृष्ट रहेको थियो । श्रीलङ्काले १२–८ को अग्रता लिएपछि भारतलाई केही समय कठिन परेको थियो तर त्यो अग्रता श्रीलङ्काले लामो समयसम्म जोगाउन सकेन । त्यसपछि भारतले लगातार चार अङ्क बटुल्दै खेललाई १२–१२ को बराबरीमा ल्यायो ।

त्यसपछि पनि निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट अन्त्यमा भारतले २५–२३ ले आफ्नो पक्षमा पार्‍याे । आजै दोस्रो सेमिफाइनल खेलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुँदैछ । उक्त खेलको विजेतासँग भारतले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर