बागलुङमा पहिरोमा परी एकै परिवारका तीन जना बेपत्ता

बागलुङकाे बडिगाड गाउँपालिका-१०, आरूपाटास्थित जोगलाल बुढाको घर र गोठ पुरिँदा तीन जना बेपत्ता भएका छन् । जोगलाल बुढाकी श्रीमती र दुई छोरी बेपत्ता भएका बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

घटनास्थल पुग्ने सडक अवरूद्ध भएको तथा प्रहरी र उद्धारकर्मी त्यहाँ पुग्न नसक्दा घटनाको पूर्ण विवरण प्राप्त नभएको गाउँपालिका अध्यक्ष गण्डकी अधिकारीले बताए ।

केही क्षणमा प्रहरी घटनास्थलतर्फ पुग्ने जिल्ला प्रहरी कार्यालयका प्रमुख ऋषिराम कँडेलले बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *