बाढीपहिरोले देशभरका १५ राजमार्ग अवरूद्ध

गए रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्गहरू अवरूद्ध भएका छन्।

मंगलबार बिहान १० बजेसम्म देशभर १५ वटा स्थानमा राजमार्ग अवरूद्ध भएको नेपाल प्रहरीले जनाएको छ। पाँच सडक एकतर्फी सञ्चालनमा आइसकेको छ।

बागमती प्रदेशमा पाँच स्थानमा सडकमा क्षति पुगेको छ। दोलखाको कालिन्चोक गाउँपालिका-४ झामार्सीस्थित चरिकोट सडकखण्ड बाढीका कारण साउन १३ गतेदेखि अवरूद्ध छ। उक्त सडक खुल्न एक महिना लाग्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर