इन्डिगो एयरलाइन्सका उडानमा १८ प्रतिशत छुट

इन्डिगो एयरलाइन्सको सञ्चालनकर्र्ता इन्टरग्लोब एभिएसनले १८ वर्षको सेवा पूरा गरेको अवसरमा हवाई टिकट बुकिङमा १८ प्रतिशतसम्मको छुट दिने घोषणा गरेको छ । यो घोषणा सोमबार अगस्ट ५ मा गरिएको हो ।

एयरलाइन्सको आधिकारिक वेबसाइटमा प्रयोगकर्ताहरूले कोड प्रयोग गरेर यो छुट प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ ।

यो अफर अगस्ट ५ देखि अगस्ट ८ सम्म मान्य हुनेछ भने अफर मार्च ३१ २०२५ सम्मको यात्राका लागि लागू हुनेछ । यो अफर उडान र एड–वन्स बुकिङहरूमा लागू हुनेछ । जसलाई प्रस्थानको कम्तीमा तीन दिनअघि बुक गरिएको हुनुपर्छ ।

यो अफर सबै सीधा उडानहरूमा, दुवै घरेलु र अन्तर्राष्ट्रिय उडानमा लागू हुनेछ तर कोडशेयर उडानहरू बाहेक भने लागू हुनेछैन । यो छुट केवल आधार भाडामा लागू हुनेछ, हवाई अड्डा शुल्क, सरकारी करहरू र अन्य खर्च भने समावेश गरिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *