सिरहाको गोलबजारमा युवकको शव फेला

सिरहाको गोलबजारमा अपरिचित व्यक्तिको शव आज फेला परेको छ ।

गोलबजार नगरपालिका-१ वहिरीबाँध नजीकैको ग्राभेल उत्खनन् गरेको खाल्डोमा अन्दाजी ३२ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । मृतक पहिचान खुल्न सकेको छैन ।

प्रहरीले घटनाको प्रकृति मुचुल्का उठाएर पोष्ट मार्टमकोलागि लहानस्थित प्रादेशिक अस्पताल पठाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले जानकारी दिनुभयो । उहाँले घटनाको अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *