आज साउनको तेस्रो सोमबार, पशुपतिमा भक्तजनको घुइँचो

आज साउन महिनाको तेस्रो सोमबार । पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रूपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

आज बिहानैदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजाअर्चना गर्न भक्तजनहरूको घुइँचो लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिने भएकाले आज शिवालयमा व्रतालु तथा श्रद्धालुको भीड लागेको हो ।

आजको दिनमा महिलाहरूले विशेष गरी हरियो रङका वस्त्र, चुरा र मेहन्दी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर