अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

नेपाल प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गरेको छ । प्रहरीले चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटबाट अवैध लागुऔषध गाँजा छ ग्राम र नियन्त्रित लागुऔषध ट्रमाडोल ५८ क्याप्सुलसहित तीन जनालाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली दुधैली नगरपालिका–९ घर भएका ३३ वर्षीय भोला ढकाल, काठमाडौँ–चन्द्रागिरि नगरपालिका–१ बस्ने २३ वर्षीय शितल बखती र सोही नगरपालिका–३ बस्ने २४ वर्षीय बुद्ध लो तामाङ रहेको प्रहरीले जनाएको छ । साथै उनीहरूले प्रयोग गरेको प्र३–०२–००२ प ९७३२ नम्बर र बा८२ प ९१७० नम्बरको दुई वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

झापा, दमक नगरपालिका–५ डेरा गरी बस्ने इलाम चुलाचुली गाउँपालिका–३ घर भएका २६ वर्षीय अगम राईलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ पाँच ग्राम, नगद रु १५ हजार आठ सय ५० र मोबाइल एक थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले जानकारी गराएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीको भनाइ छ ।

साथै थप सोधपुछको क्रममा उक्त लागुऔषध कमल गाउँपालिका–५ सतारडाडा बस्ने ३६ वर्षीय जीवन लिम्बूलाई बिक्री गर्न लागेको भन्ने खुल्न आएपछि लिम्बूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी झापा, भद्रपुर नगरपालिका–५ मेची पुलस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ पाँच सय ५० मिलिग्रामसहित इलाम चुलाचुली गाउँपालिका–३ पिडियो टोल बस्ने २८ वर्षीय विवेक राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले जानकारी गराएको छ । मेची पुल बिटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक ग्रामसहित मेचीनगर नगरपालिका–९ शान्तिटोल बस्ने २६ वर्षीय अजय धिमाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रहरीले झापा, बिर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय विजय मगरको डेरा कोठाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ एक ग्राम पाँच सय ४० मिलिग्रामसहित विजय मगरसमेत चार जनालाई शनिबार राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले आरोपितलाई उक्त पदार्थ पक्राउ गरेको हो ।

मोरङ, लेटाङ नगरपालिका–९ पारूहाङ चोक बस्ने २७ वर्षीय विशाल राईलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ आठ सय ३० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मोरङ, कानेपोखरी गाउँपालिका–२ स्थित रङ्गेली र कानेपोखरी सिमानाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ चार ग्राम ९५ मिलिग्रामसहित भारत अररीया घर भएका २१ वर्षीय मो। इसराख गमिरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले रङ्गेलीबाट कानेपोखरीतर्फ आउँदै गरेको बिआर ३८ एबि ४१३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ पक्राउ गरेको हो ।

यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका–१० स्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सात ग्राम १७ मिलिग्रामसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रङ्गेली नगरपालिका–७ बस्ने २४ वर्षीय अवय शाह र सुनवर्षी नगरपालिका–७ बस्ने १९ वर्षीय हयात अली रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले कुशेचौरीबाट पथरीतर्फ आउँदै गरेको बिआर ३८ डि ७८८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ पक्राउ गरेको हो ।

बारा, जितपुर सिमरा उपमहानगरपालिका–१ आधाभार जङ्गलस्थित सडक छेउबाट अवैध लागूऔषध गाँजा आठ किलो पाँच सय ग्रामसहित बर्दिया मधुवन नगरपालिका–७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर