प्रधानमन्त्री र मन्त्रीहरुले कर्मलाई पहिलो प्राथमिकता दिनुपर्छ : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीहरुले कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।

आइतबार नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रजातन्त्र सेनानी संघको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री र मन्त्रीहरुले भाषणलाई दोस्रो र कर्मलाई पहिलो प्राथमिकता दिनुपर्ने बताएका हुन्।

उनले इतिहासमा बोली नभई कर्म बिक्ने बताए। उनले नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको बोली अस्पष्ट भए पनि उनको नेतृत्वमा बनेको संविधान सबै नेपालीले बुझेको जिकिर गरे।

उनले अहिलेको सरकारसँग नागरिकलाई धेरै अपेक्षा रहेको भन्दै नागरिकका अपेक्षालाई सम्बोधन गर्न आग्रह गरे। उनले प्रदेशलाई अधिकार दिने विधेयक संसदमा ल्याएर पारित गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर