नेपालको पछिल्लो दशक विकास र उन्नतिको हो : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो दशकलाई नेपालको आर्थिक विकास र उन्नतिको दशको रुपमा चित्रण गरेका छन् ।

मुलुकमा केही पनि भएन भन्ने भाष्य निर्माण गर्न खोजिएको उल्लेख गर्दै उहाँले पछिल्लो ७० देखि ८० को दशकमा नेपालमा राजनीतिक परिवर्तनको दशक मात्रै नभएर आर्थिक विकास र उन्नतिको दशकको रुपमा रहेको दाबी गरे ।

आइतबार ललितपुरमा आयोजित सडक विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले विकास प्रक्रिया ढिलो भएपनि पछिल्लो देशमा नेपाली जनजीवनले आधुनिक युगमा प्र्र्र्रवेश गरेको जिकिर गरे ।

उनले बनमा गोठालो जाँदा समेत फोन गर्ने अवस्था मुलुकमा आएको दृष्टान्त पेश गर्दै केही पनि भएन भन्न नमिल्ने तर्क गरे । सडक, विद्युत, अस्पताललगायतका पूर्वाधार निर्माणको काम मुलुकमा अभियानको रुपमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले नेपालमा योजनावद्ध विकासको थालनी राजा महेन्द्रले गरेपनि त्यसले निरन्तरता पाउन नसकेको र २०४६ सालपछि पनि निजीकरणको कारण विकास, निर्माणको कामले गति लिने अवस्था नबनेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *