काभा महिला भलिबल : नेपाल इरानसँग पराजित

काभा महिला नेसन्स भलिबल लिगमा नेपाल इरानसँग पराजित भएको छ । प्रतिस्पर्धात्म बनेको खेलमा इरानसँग नेपाल ३–२ को सेटले पराजित भएको हो ।

अन्तिम तथा पाँचौ सेट नेपालले १५–१३ ले गुमायो । पहिलो सेट २५–१६ ले गुमाएको नेपालले दोस्रो सेट २५–१६ ले जितेको थियो । त्यस्तै प्रतिस्पर्धात्म बनेको तेस्रो सेट नेपालले २५–२३ ले गुमाउँदा चौथो सेट भने २५-१५ ले जितेको थियो ।

यो जितसँगै इरानले २ अंक हासिल गरेको छ भने नेपालले एक अंक हासिल गरेको छ । इरानले चार खेलमा ७ अंक जोड्दा नेपालले ३ खेलमा ६ अंक प्राप्त गरेको छ ।

यसअघि नेपालले शनिबार भारतमाथि ३–२ को सेटमा ऐतिहासिक जित हासिल गरेको थियो भने त्यसअघि श्रीलंकालाई ३–० ले पराजित गरेको थियो ।

त्यस्तै पहिलो खेलमा भारतसँग पराजित भएको इरानले दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले र तेस्रो खेलमा माल्दिभ्सलाई ३–० ले पराजित गरेको थियो ।

अब नेपालले लिग चरणको अन्तिम खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ । नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता रहेको यस प्रतियोगितामा लिग चरणका खेलपछि शीर्ष चार देशले सेमिफाइनल खेल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर