काभा महिला भलिबल : श्रीलंकाकाे पहिलाे जित, माल्दिभ्स प्रतियाेगिताबाट बाहिरियाे

श्रीलङ्काले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगमा पहिलो जित दर्ता गराएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) कभर्डहलमा आज भएको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो ।

श्रीलङ्काले माल्दिभ्समाथि खेलको पहिलो सेट २५-२२ ले जित्यो भने दोस्रो सेट २५-१२ ले आफनो पक्षमा पार्‍याे । त्यस्तै खेलको तेस्रो सेट २५-१६ ले जितेपछि प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । जितसँगै श्रीलङ्काले सेमिफाइनल यात्रा तय गरेको छ । पराजित माल्दिभ्स भने सेमिफाइनल होडबाट बाहिरियो ।

श्रीलङ्काले यसअघि नेपालसँग ३-० र इरानसँग ३-२ सेटमा हार ब्यहोरेको थियो । माल्दिभ्स भने यसअघि भारत र इरानसँग समान ३-० को सेटमा पराजित भएको थियो ।

यस खेलसँगै उक्त प्रतियोगितामा सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको छ । सेमिफाइनमा नेपाल, भारत, इरान र श्रीलङ्काले स्थान पक्का गरेका छन् । आजको दोस्रो खेलमा घरेलु टोली नेपालले इरानसँग खेल्दैछ । खेल केहीबेरअघि सुरू भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर