विद्युत प्राधिकरणको सञ्चालकमा गुरूङ र कार्की नियुक्त

सरकारले नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिमा दुई जना सदस्य नियुक्त गरेको छ । सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त भएसँगै नयाँ सञ्चालक नियुक्त गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले महेन्द्रबहादुर गुरूङ र देवेन्द्र कार्कीलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो ।

नवनियुक्त सञ्चालक गुरूङ पञ्चेश्वर विकास प्राधिकरणका पूर्वप्रमुख कार्यकारी हुन् भने कार्की पूर्वऊर्जासचिव हुन् ।

मन्त्रालयले पुन र आचार्यलाई स्पष्टीकरण सोध्दै चित्तबुझ्दो जवाफ नआएपछि पदमुक्त गरेको हो ।

प्राधिकरण र उद्योगीबीचको विद्युतको बक्यौता विवादमा बक्यौता नउठाई ६ उद्योगको लाइन पुनः जोड्न नहुने भन्दै पुन र आचार्यले सञ्चालक समिति बैठकमा नोट अफ डिसेन्ट लेखेका थिए । त्यसपछि मन्त्रालयले उनीहरूलाई स्पष्टीकरण सोधेको थियो ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *