विद्युत प्राधिकरणका सञ्चालकद्वय आचार्य र पुन हटाइए

नेपाल विद्युत प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई सरकारले पदबाट हटाएको छ । सरकारलाई असहयोग गरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले पुन र आचार्यलाई पदमुक्त गरेका हुन् ।

झन्डै आठ अर्ब रूपैयाँ विद्युत महसुल बुझाउन बाँकी रहेका ६ वटा उद्योगको बिजुली विद्युत प्राधिकरणले काटिदिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले ती उद्योगमा तत्कालै बिजुलीको लाइन जोड्न निर्देशन दिएपछि साउन ७ गते प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो । तर, राज्यले पाउनुपर्ने अर्बौं रूपैयाँ महसुल नबुझाएका उद्योगको लाइन जोड्न नहुने भन्दै सञ्चालक समितिका सदस्यद्वय आचार्य र पुनले असहमति जनाएका थिए । त्यसपछि उनीहरूलाई गएको साउन १६ गते ऊर्जा मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । तर, चित्तबुझ्दो स्पष्टीकरण नदिएको भन्दै मन्त्री खड्काले अस्ति शुक्रबार नै दुवै जनालाई बर्खास्त गरेका हुन्।

नेपाल विद्युत प्राधिकरणले बिजुली महसुल विवादमा असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा सेन्थेटिक र हुलास स्टिल गरी ६ वटा उद्योगको लाइन काटेको थियो । सरकार र विद्युत नियमन आयोगको ताकेतापछि साउन ८ गते प्राधिकरणले बिजुली जोडिदिएको छ । तीन महिनाभित्र बक्यौता नबुझाएमा फेरि लाइन काट्ने प्राधिकरणको शर्त छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर