सिजन मिडियाकाे पाँचौं अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम असोज पहिलो साता काठमाडौंमा

सिजन मिडियाले आफ्नो १६ औं स्थापना दिवस तथा संविधान दिवसका अवसरमा काठमाडौंमा असोज पहिलो साता पाचौं संस्करणको अन्तर्राष्ट्रिय अवार्ड कार्यक्रम गर्ने भएको छ ।

एसियाली देशका सफल व्यवसायिक व्यक्तित्वहरूलाई ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड, २०२४’ विषयक सम्मान तथा अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको मिडियाले जनाएको छ ।

सिजन मिडियाले व्यावसायिक, शैक्षिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक क्षेत्रमा क्रियाशील विभिन्न व्यक्तित्व र संस्थालाई विभिन्न अवसरमा सम्मान र अवार्ड वितरण गर्दै आएको छ । यसबाट उनीहरूको कार्यक्षमता र उपलब्धिलाई थप उर्जा प्रदान गर्ने मिडियाको विश्वास छ ।

‘देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा उहाँहरूले गर्नुभएको काम तथा सामजिक योगदानलाई शब्दमा परिभाषित गर्न असम्भवतूल्य हुन्छ । समाजका ती विशेष व्यक्तिलाई यस पटक संस्थाले एसियन मुलुकमा विभिन्न पेसा व्यवसायमा कार्यरत सफल व्यक्तिलाई अवार्ड प्रदान गरी उनीहरूको काम गर्ने सोच, व्यवसायिक क्षमताको सम्मान साथै सामाजिक दायित्वलाई प्रोत्साहन गर्न लागिएको हो,’ मिडियाले कार्यक्रमबारे भनेको छ ।

सन् २०१९ मा मलेसियामा सम्पन्न भएको अन्तर्राष्ट्रिय अवार्डको द्रोस्रो संस्करण कोभिडका कारण नेपालमा नै आयोजना गरिएको थियो । तेस्रो सस्करण दुबईमा सम्पन्न भएको थियो । गत वर्षको कार्यक्रम नेपाललगायत एसियन मूलका विभिन्न व्यावसायिक व्यक्तित्वहरूलाई नेपालमा आमन्त्रण गरी सम्पन्न गरिएको थियो भने यस वर्ष पनि नेपालमा नै गर्ने लक्ष्य राखिएको हो ।

सिजन मिडियाका अध्यक्ष प्रदीपराज वन्तले सामाजिक, राजनीतिक, सांस्कृतिक, शैक्षिकलगायत विभिन्न क्षेत्रमा एक दशकभन्दा बढी समय निरन्तर काम गरी सफलता आर्जन गरेका र हाल विभिन्न काममा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिए ।

‘सबै व्यावसायिक क्षेत्रका सम्मानित व्यतित्वहरूलाई अझै हौसला जागृत गर्न अवार्ड कार्यक्रम गर्दैछौं । यसले अग्रज पुस्तालाई सम्मान र नयाँ पुस्तालाई प्रेरणा दिनेछ भन्ने विश्वास लिएका छौं,’ उनले भने ।

नेपाल तथा एसियाली मुलुकमा सफल व्यावसायिक व्यक्तिवहरूले सिजन मिडियाको आधिकारिक वेबसाइटमा गएर फारम भर्न सक्नेछन् ।

अध्यक्ष वन्तले सकारात्मक सोचको विकास, व्यावसायिक तथा सामाजिक उत्तरदायित्व निर्वाह र राम्रा काम गर्नेलाई प्रोत्साहन कार्यक्रमको ध्येय रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर