काभा महिला भलिबल : आज नेपाल र इरान भिड्दै

काठमाडौँमा जारी काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरानबीच प्रतिस्पर्धा हुने भएको छ । खेल त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।

शनिबार भारतमाथि ऐतिहासिक जित निकालेको नेपालको उच्च मनोबलमा छ र इरानसँग खेल्दा नेपालको नजर लिगमा शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुग्ने हुनेछ ।

इरानलाई पराजित गरेमा नेपाल शीर्ष स्थानमा रहने लगभग पक्का हुनेछ । किनभने नेपालले श्रीलंका  र भारतलाई पराजित गरिसकेको छ भने अन्तिम खेल तुलनात्मक रुपमा कमजोर टोली मालदिभ्ससँग हुनेछ ।

दुई खेलबाट ५ अंकसहित नेपाल हाल दोस्रो स्थानमा छ । तीन खेल खेलिसकेको भारत दुई जित र एक हारबाट ७ अंकसहित शीर्ष स्थानमा छ भारतले अब श्रीलंकासँग मात्र खेल्न बाँकी छ ।

नेपालले इरानलाई सोझो सेट वा ३-१ को सेटमा पराजित गरेमा भारतलाई पछि पार्दै शीर्ष स्थानमा पुग्नेछ ।

आजै हुने पहिलो खेलमा श्रीलंकाले मालदिभ्ससँग खेल्नेछ । दुवै टोली जितविहीन छन् र पहिलो जितको खोजीमा छन ।

श्रीलंका नेपालसँग सोझो सेटमा पराजित हुँदा इरानसँग रोमाञ्चक खेलमा ३-२ ले पराजित भएको थियो । श्रीलंकाको दुई खेलबाट १ अंक मात्र छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर