वरिष्ठ नेत्र विशेषज्ञ डा रूइत सम्मानित

ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक डा सन्दुक रूइतलाई आँखा उपचारका क्षेत्रमा पुर्‍याएकाे विशिष्ट योदानको कदर गर्दै अभिनन्दन गरेको छ ।

सभामुख देवराज घिमिरेले आज काठमाडौंमा आयोजित समारोहमा उनलाई अभिनन्दन गरे ।

ताप्लेजुङ ओलाङचुङगोलामा जन्मेर विश्वस्तरीय आँखा अस्पतालको विकास र बिरामीको उपचार गरी नेपाललाई आँखा उपचारसम्बन्धी संसारकै शैक्षिक ‘हब’ का रूपमा विकास गर्न उनी सफल भएका छन् ।

न्यून मूल्यमा विश्वस्तरीय लेन्स उत्पादन गरी मोतिबिन्दुको शल्याक्रियामा सरलीकरण गर्दै सीमान्तकृत व्यक्तिका लागि ‘दृष्टिका देवता’ का रूपमा डा रूइत चिनिएको अभिनन्नदपत्रमा उल्लेख छ ।

डा रूइतले यसअघि एसियाको सबैभन्दा ठूलो ‘रोमन मेगसेसे पुरस्कार’, बहराइन सरकारबाट प्रदान गरिएको ‘इसा अवार्ड’, भारत सरकारबाट पद्मश्री पदकका साथै विभिन्न मुलुकबाट पुरस्कार र सम्मान पाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर