बागलुङको कालिका भगवती मन्दिरलाई नेपाल एसबीआई बैंकको आर्थिक सहयोग

नेपाल एसबिआई बैंक लिमिटेडले बागलुङ नगरपालिकास्थित कालिका भगवती मन्दिरलाई सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत तीर्थालुको सहजताका लागि आर्थिक सहयोग गरेको छ ।

कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पन्डा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल र बैंक तथा समितिका अन्य वरिष्ठ पदाधिकारीहरूसमेतको उपस्थिति रहेको थियो ।

बैंकले समुदायस्तरमा संस्कृति तथा सम्पदा संरक्षणका लागि समयसमयमा यस्ता गतिविधिहरू गर्दै आइरहेको छ । साथै नेपाल एसबीआई बैंकले आफ्नो बागलुङ नगरपालिका-२, लालीगुराँस चोक, बागलुङ बजारमा अवस्थित बागलुङ शाखा सोही नगरपालिकाको वडा नं. ३ स्थित हलन चोकमा स्थानान्तरण गरेको छ । त्यसैगरी बैंकले आफ्नो पोखरा महानगरपालिका-८, सभागृह चोकमा अवस्थित सृजना चोक शाखा सोही स्थानमा रहेको नयाँ परिसरमा स्थानान्तरण गरेको छ र दुवै शाखाले नयाँ परिसरबाट सेवा सुरू गरेका छन् । यसबाट ग्राहकलाई थप सुविधासहितको बैंकिङ सेवा उपलब्ध हुने अपेक्षा बैंकले राखेको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *