वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा भौतिक संरचनाहरूको शिलान्यास र उद्घाटन

संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा खटिने नेपाली सेनाका सकलदर्जालाई प्रि-डिप्लोइमेण्ट तालिम दिने उद्देश्यले काभ्रेपलान्चोक जिल्लाको पाँचखालमा स्थापना भएको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई अन्तर्राष्ट्रियस्तरको तालिम केन्द्रका रूपमा विकास गर्ने योजनाअनुरूप विभिन्न भौतिक संरचनाहरू निर्माण भइरहेका छन् ।

यसैबीच उक्त केन्द्रमा निर्माण गर्न लागिएको जवान लाइन र पदिक मेसको प्रधानसेनापति प्रभुराम शर्माले शुक्रबार शिलान्यास गरेका छन् ।

सो अवसरमा उनले निर्माण सम्पन्न भएका अधिकृत मेस, पदिक मेस, जवान वासस्थान, जवान डाइनिङ हल र बहुउपयोगी स्टोर भवनहरूको आजै उद्घाटन गरेका छन् ।

प्रधानसेनापतिले उक्त केन्द्रमा सञ्चालित तालिमलगायत विविध पक्षका बारेमा जानकारी लिनुका साथै सकलदर्जालाई सम्बोधनसमेत गरेका थिए ।

वि. सं. २०४३ सालमा शान्ति मिसनमा खटिने नेपाली शान्ति सैनिकहरूलाई तालिम प्रदान गर्न पाँचखाल तालिम शिविरको रूपमा स्थापना भएको उक्त तालिम केन्द्र वि. सं. २०५८ सालमा वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको रूपमा नामकरण भएको थियो ।

उक्त तालिम केन्द्रबाट विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा सहभागी हुने फौजको पेसागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्न संयुक्त राष्ट्रसंघमा आबद्ध देशका सैनिकहरूबीच विभिन्न समयमा संयुक्त तालिम तथा अभ्यासहरूसमेत सञ्चालन हुँदै आइरहेका छन् ।

शिलान्यास तथा उद्घाटन समारोहमा नेपाली सेनाका रथी, अधिकृत, पदिक तथा अन्य दर्जाको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर