नवनियुक्त तीन राज्यमन्त्रीले लिए शपथ

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा प्रधानमन्त्रीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रूपा विक र ऊर्जा, जलस्रोत र सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले शपथ लिएका हुन् । उनीहरू आजै राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

शपथ कार्यक्रममा उपप्रधानमन्त्रीहरू, मन्त्री, मुख्यसचिव, उच्चपदस्थ अधिकारी सहभागी थिए ।

यससँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री ओली गत असार ३० गते नियुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *