सिनामंगलको गेष्ट हाउसमा मृत भेटिए महिला-पुरूष

काठमाडौंको एक गेष्ट हाउसमा महिला र पुरूष मृत भेटिएका छन् ।

शुक्रबार काठमाडौं महानगरपालिका-९, शम्भुमार्गस्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा एक जना पुरूष र एक जना महिला मृत फेला परेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकारीले उक्त गेष्ट हाउसमा महिला-पुरूष मृत भेटिएको पुष्टि गरे ।

बाजुरा त्रिवेणी नगरपालिका-४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की मृत भेटिएका हुन् । उनीहरू साउन १५ गतेदेखि त्यहाँ बस्दै आएको खुलेको छ ।

शुक्रबार मध्याह्न १२ बजे होटलका मान्छे खाना खाने/नखाने भनेर बुझ्न उनीहरू बसेको कोठा पुगेका थिए । तर, लामो समयसम्म ढोका नखुलेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूषको झुण्डिएको अवस्थामा शव फेला परेको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरू गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *