केरलको पहिरोमा परी मृत्यु हुनेकाे संख्या दुई सय नजिक, साेभन्दा धेरै बेपत्ता

भारतको केरलस्थित वायनाडमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १९६ पुगेको छ । दुई सयभन्दा बढी मानिस अझै बेपत्ता छन् ।

सोमबार र मङ्गलबार राति वायनाडमा गएको पहिरोले सो क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ ।

पहिरोमा परी मृत्यु हुनेमा ८७ पुरूष, ८१ महिला र २८ बालबालिका रहेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अस्पतालमा ८९ घाइतेको उपचार भइरहेको छ भने १७३ जना अस्पतालबाट घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर